क्रान्ति ब्लकको आवासीय इलाकामा बाइसनको ताण्डव

क्रान्ति : लाटागढी जङ्गलबाट आज बिहान एउटा बाइसन निस्केर क्रान्ति ब्लकको दासपाडा इलाकाको खेती जमिनमा पसेर ताण्डव मच्चायो। यसपछि आज दिउँसो वन विभागले ट्र्याङकुलाइजरको सहयोगमा उक्त बाइसनलाई आफ्नो नियन्त्रणमा लिएर साथमा लगेको बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान एकजना कृषक डुवर्सको क्रान्ति ब्लकको दासपाडा इलाकाको धान खेतमा काम गर्न गएको समय एउटा बाइसन देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। अर्कोतिर, गाउँमा बाइसन पसेको खबर फैलिएपछि उक्त बाइसनलाई हेर्न मानिसहरूको भीड जमेको देखियो।  


घटनाको खबर पाएर वनकर्मी लगायत जलपाईगढीबाट ट्र्याङकुलाइजर एक्सपर्ट टीम घटनास्थलमा पुगेर उक्त बाइसनलाई जङ्गलतिर लखेट्ने प्रयास गरे तापनि असफल भएपछि अन्ततः ट्र्याङकुलाइजरको सहयोगमा उक्त बाइसनलाई नियन्त्रणमा ल्याइयो। वन विभाग सूत्रले दिएको जानकारी अनुसार उक्त बाइसनलाई गोरूमारा प्रकृति अवलोकन केन्द्रमा लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *