कृषक आन्दोलनको समर्थनमा सडकमा ओर्लियो केन्द्रीय श्रमिक संगठनहरू

सिलगढी : देशभरि जारी कृषक आन्दोलनको समर्थन एवम् आन्दोलनरत कृषकहरूमाथि पुलिसद्वारा गरिएको अमानवीय व्यवहारको विरोधमा आज केन्द्रीय ट्रेड युनियन एन्ड फेडरेशन सडकमा ओर्लिएको छ। सिलगढीमा आज संगठनको तर्फबाट यहाँको डाकघर अघि दिउसो 2 बजीदेखि अपरान्ह 4 बजीसम्म धरना प्रदर्शन गरियो। स्मरण रहोस्, केन्द्र सरकारको विभिन्न नीति विरुद्ध विरोधी राजनैतिक संगठनहरूले आन्दोलन गरिरहेको छ। केन्द्रको कृषि बील लगायत विभिन्न नीतिहरू विरुद्ध कृषकहरूले आन्दोलन गरिरहेको छ भने उक्त आन्दोलनलाई रोक्नको लागि पुलिसले आन्दोलनकारीहरूमाथि लाट्ठीचार्ज गरिएको थियो। यसैको विरोध जनाउँदै आज केन्द्रीय श्रमिक संगठन एन्ड फेडरेशन सडकमा ओर्लिएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *