कृषकहरूलाई पशुपालनबारे सचेतना, औषधि वितरण

मिरिक:  प्राणी सम्पद विभाग मिरिकले बुङकुलुङ वस्तीमा पशुपालक कृषकहरूलाई पशुपालनमाथि जागरुकता गराउँदै औषधिहरु वितरण गरयो। स्थानीय सामाजिक कार्यकर्ता एनबी लिम्बुको सञ्चालनमा विभागका योगेन तामाङ, पवन छेत्री अनि डिन्छेन तामाङले पशुपालक कृषकहरुलाई मौसम अनुसार कसरी र कस्तो पौष्टिक आहारहरु दिन सकिन्छ अनि कस्तो घाँसहरु र दानापानी दिनपर्छ र दबाईहरु कसरी दिनपर्छ आदि विषयमाथि जानकारी गराए। यस अवसरमा एण्टी रेबिज भ्याक्सिनहरू पनि लगाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *