कृषकहरूलाई सिँचाईका सामग्रीहरू वितरण

खोरीबारी : बांग्ला कृषि सेवा योजना 2019-20 अन्तर्गत फाँसीदेवा ब्लकको विधाननगर ग्राम पञ्चायतको मालागाछी गाउँमा कृषकहरूलाई सिँचाईको केही सामग्रीहरू वितरण गरियो। एडीओ लोकनाथ शर्माले आज उक्त क्षेत्रका कृषकहरूलाई सिँचाईको लागि 47 पीस स्प्रिन्कलर सेट केवल जीएसटी शुल्क लिएर वितरण गरे। बांग्ला कृषि सेवा योजना (बीकेएसवाई)-को मुख्य उद्देश्य कृषकहरूलाई कृषि उद्योगको निम्ति प्रयोग गरिने सर-समानहरू प्रदान गरे ज्यादा फसल उत्पादन गर्नुमा सहयोग पुग्योस् भन्ने रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *