कृषि बन्धु योजना मार्फत् कृषकहरूलाई चेक वितरण

अलिपुरद्वार : कृषक बन्धु योजना अन्तर्गत आज लगभग 160 जना कृषकहरूलाई सरकारी अनुदानको चेक प्रदान गरियो। आज अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत पर्ने जयगाउँ 1 नम्बर ग्राम पञ्चायत इलाकामा लगभग 160 जना कृषकहरूलाई कृषक बन्धु योजनाअन्तर्गत चेक प्रदान गरियो। यस अवसरमा कालचिनी सह कृषि अधिकारी विश्वनाथ सरकार, कालचिनी पञ्चायत समितिका सभापति अरूणा परियारलगायत इलाकामा शीर्ष व्यक्तिहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *