कृषि विभागद्वारा कृषकहरूलाई परिभ्रमण

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्डको कृषि विभागको तत्वावधानमा राङभाङ बस्ती तथा प्लुङदुङ बस्तीका कृषकहरूलाई लिएर कृषि भ्रमण गराइयो । यस अवसरमा गोक बिजनबारी अन्तर्गत पर्ने कमजेर बस्तीमा तिनीहरूलाई धान, सुपारी, नरिवल, मेवा, मरिच, खोर्सानी लगायत अन्य विषयमा जानकारी गराइयो। उक्त कृषकहरूको टोली विगत 2006 देखि नै व्यापक रूपमा जरभेरा फूल उत्पादनमा लागीपरेकेले गोक बस्तीका सुरेन सुब्बाको नर्सरीको पनि तिनीहरूलाई परिदर्शन गराइयो । टोलीका सदस्यहरूलाई फुल उत्पादक सुरेन सुब्बाले जरभेरा फूल उत्पादनबारे विस्तृत रूपमा जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *