कृषि बीलको विरोधमा एनसीपी सिलगढीको सडकमा ओर्लिने : फैसल अहमद

सिलगढी : भाजपाको उत्तरकन्या अभियान अवधि भाजपा कार्यकर्ता उलेन रायको मृत्यु लगायत अन्य विविध विषयलाई लिएर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) दार्जिलिङ जिल्ला सभापति फैसल अहमदले सांसद राजु विष्टमाथि क्षोभ प्रकट गरे। आज सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर फैसल अहमदले सांसद राजु विष्टले गोर्खाहरूलाई भ्रममा पार्नको साथै विभिन्न प्रलोभन देखाएर दार्जिलिङको सांसद बने तापनि अब यस्तो नहुने बताए। तिनले दार्जिलिङ भाजपा सांसद राजु विष्ट लगायत केन्द्रको भाजपा सरकारको पनि खोइरो खन्दै विभिन्न जन विरोधी नीतिहरूको विरोध जनाए। तिनले केन्द्र सरकारद्वारा किसानहरूको हितमा नरहेको कृषि बीलको विरोधमा आफ्नो संगठनले सिलगढी सहरको सडकमा ओर्लिएर विक्षोभ प्रदर्शन गर्ने जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *