कृषि बीलको समर्थनमा जलपाईगुढीमा भाजपाको पदयात्रा

जलपाईगुढी : कृषि बिलको समर्थनमा जलपाईगुढी सदर ब्लक भाजपाको तर्फबाट आज एउटा पदयात्राको आयोजना गरियो। उक्त पदयात्राको माध्यमद्वारा भाजपाले प्रधान मन्त्री नरेन्द्र मोदी र कृषि मन्त्री नरेन्द्र सिंहलाई धन्यवाद जनाइयो। भाजपाको भनाइअनुसार कृषि बील 2020 कार्यान्वित भएपछि कृषकहरूले आफ्नो फसलको उचित मूल्य पाउनेछन् भने अब कुनै पनि कृषकले फसलको उचित मूल्य नपाएकोमा आत्महत्या गर्नपर्ने छैनन्। उक्त पदयात्रामा जिल्ला भाजपा उपाध्यक्ष आलोक चक्रवर्ती, भाजपा टाउन मण्डलका अध्यक्ष जिबेश दास लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *