कृषि बील रद्द गर्नुपर्ने माग गर्दै सिलगढीमा केन्द्रीय ट्रेड युनियन तथा फेडरेशन-द्वारा धरना प्रदर्शन

सिलगढी : देश बचाऊँ, कृषक बचाऊँ, कृषि बचाऊँ-को नारा लगाउँदै केन्द्रीय ट्रेड युनियन तथा फेडरेशनहरूको संयुक्त मञ्चले आज धरना प्रदर्शन गर्यो। कृषि कानुन रद्द गरिनुपर्ने मागलाई लिएर सिलगढीको जङ्क्सन इलाकामा संगठनका सदस्यहरूले आज अपरान्हदेखि रातभरि नै धरना प्रदर्शन गर्ने भएको छ। जिल्ला वामफ्रन्ट संयोजक जीवेश सरकारले बताएअनुसार भोलि गणतन्त्र दिवसको अवसरमा दिल्लीमा लाखौँको संख्यामा कृषकहरूले ट्र्याक्टर लिएर एउटा र्‍यालीको आयोजना गर्ने भएको छ। यसै क्रममा केन्द्रीय ट्रेड युनियन तथा फेडरेशनको तर्फबाट पनि भोलि विभिन्न जिल्लामा उक्त कार्यक्रम पालन गर्ने भएको छ। सिलगढी दार्जिलिङ जिल्लाको सबै केन्द्रीय ट्रेड युनियन तथा फेडरेशनले आज रातभरि धरना प्रदर्शन गर्नेछ। यसबाहेक भोलि सिलगढीको मल्लागढी मोडबाट एउटा ट्र्याक्टर र्‍यालीको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *