कृषि विश्वविद्यालयमा जीटीएको लागि आरक्षण बढाइनु पर्ने कृषि मन्त्रीसित भेटेर माग

सिलगढी: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन क्षेत्रका विद्यार्थीहरूको निम्ति कृषि विश्वविद्यालयमा भर्नाको लागि आरक्षण बढाइनु पर्ने मागलाई लिएर राज्यका कृषि विभागीय मन्त्री सोभन देव च्याटर्जीसित मुख्यालय नवन्न कोलकतामा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरमेन राजेश चौहान अनि कृषि विभागका भारप्राप्त सभासद सतिश पोखरेलले भेट गरे। उल्लेखनीय रहोस, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन क्षेत्रका विद्यार्थीहरूका निम्ति हाल बीएससी (कृषि)-को निम्ति केवल 2 वटा सिट आरक्षण राखिएको छ भने यसको संख्या बढोत्तरी गरेर 10 वटा गरिनु पर्ने माग गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनको प्रतिनिधले भेटेर माग गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *