कृषि कानुन फिर्ता लिएकोमा सिलगढीमा डीवाईएफआई-द्वारा विजय र्‍याली

सिलगढी : केन्द्र सरकारले हिजो 3 वटा कृषि कानुन रद्द गरेको घोषणा गरेपछि देशभरिमै खुसीको माहौल देखापरेको छ। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रलाई सम्बोधन गर्दै 3 वटा कृषि कानुनलाई फिर्ता लिने घोषणा गरेपछि देशभरिकै कृषकहरूले राहतको श्वास फेरेका छन्। यसै क्रममा आज डीवाएफआई दार्जिलिङ जिल्ला कमिटीले ती आन्दोलनकारी कृषकहरूको समर्थनमा सिलगढीमा विजय र्‍यालीको आयोजना गर्यो। आज सिलगढीस्थित सीपीएम पार्टी कार्यालय अनिल विश्वास भवन अघिबाट डीवाएफआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले विजय र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *