कृषि कानुन रद्द गरिनुपर्ने मागमा सिटु-द्वारा सिलगढीमा ‘थाली बजाऊ’ कार्यक्रम

सिलगढी : कृषि कानुन रद्द गरिनुपर्ने मागको समर्थनमा सिटु जोनल कमिटी एवम् दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट सिलगढीको मुख्य डाकघर अघि गाँधीजीको सालिगमुनि थाली बजाऊ कार्यक्रमको आयोजना गरेको छ। यसको साथै एउटा र्‍यालीको पनि आयोजना गरियो। उक्त र्‍यालीले सिलगढी सहरको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा सिटु कार्यालयमा पुगेर समापन गरियो। स्मरण रहोस्, कृषि कानुन रद्द गरिनुपर्ने मागलाई लिएर दिल्लीमा कृषकहरूको आन्दोलन चलिरहेको छ। उक्त आन्दोलन अवधि केही कृषकहरू शहीद भएका छन्। यसैले आज प्रधानमन्त्रीको मन की बातकार्यक्रम अवधि कृषकहरूले थाली बजाऊ कार्यक्रम चल्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *