कृषि कानुन रद्द गर्ने मागमा एआईयुटीयुसी-द्वारा सिलगढीमा र्‍याली

सिलगढी : कृषि कानुन रद्द गर्नुपर्ने लगायत विभिन्न मागलाई लिएर आज दार्जिलिङ जिल्ला अल इन्डिया युनाइटेड ट्रेड युनियन सेन्टरले सिलगढीमा एउटा र्‍यालीको आयोजना गर्यो। उक्त र्‍याली सिलगढीको बाघाजतीन पार्कबाट शुरू गरेर हिलकार्ट रोड हुँदै एयरभ्यु मोड़मा पुगेर समापन गरियो। यसपछि युनियनको एउटा प्रतिनिधि टोलीले डिप्टी लेबर कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *