कृषि कानुन रद्द गर्नुपर्ने मागमा सिलगढीमा धरना प्रदर्शन

सिलगढी : एआईकेकेएमएसके दार्जिलिङ जिल्ला महिला संगठनले कृषि कानुन रद्द गर्नुपर्ने साथै ऐतिहासिक किसान आन्दोलनको समर्थनमा आज धरना प्रदर्शन गर्यो। एआईकेकेएमएसकेले कृषि कानुन रद्द गरिनुपर्ने मागमा आज देशव्यापी किसान महिला दिवसको आह्वान गरेको छ। यसै क्रममा जिल्ला महिला संगठनले सिलगढीको मुख्य डाकघर अघि गाँधीजीको सालिग मुनि धरना प्रदर्शन गर्यो। यस अवसरमा जयन्ती भट्टाचार्य, मणि रायसुप्रीति पाल लगायत अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *