कृषि कानुन रद्द गरिनुपर्ने मागमा राजगञ्जमा एआईकेकेएमएस-द्वारा धरना प्रदर्शन

राजगञ्ज : केन्द्र सरकारको कृषि कानुनलाई रद्द गरिनुपर्ने मागमा अल इन्डिया केकेएमएस-ले आज राजगञ्ज बजारमा धरना प्रदर्शन गर्यो। अल इन्डिया केकेएमएस-द्वारा आजदेखि गरेको उक्त धरना प्रदर्शन भोलि अर्थात् शुक्रबारसम्म जारी रहनेछ। केन्द्रको कृषि कानुनले कृषकहरूलाई नोक्सान अनि निजी खरीदार र पुँजीपतिहरूलाई मात्र फाइदा हुने संगठनको आरोप रहेको छ। यसैले गर्दा नै देशभरिका कृषकहरूले उक्त कृषि कानुन रद्द गरिनुपर्ने मागमा आन्दोलन गरिरहेको छ। उक्त आन्दोलनको समर्थनमा अल इन्डिया केकेएमएस-ले धरना प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *