कृषि, पशुपालन र फुलको खेती गरेर स्वनिर्भर बनेका छन् सञ्जय मुखिया

सुकेपोखरी : जोश, जाँगर र लगनशिलता भए आफ्नै ठाउँमा बसेर पनि स्वनिर्भर बन्न सकिने उदाहरण बनेका छन् जोरबङलो सुकेपोखरी खण्ड अन्तर्गत राङभाङ फरेष्ट बस्तीका सञ्जय मुखिया। बाल्यकालदेखि नै आफ्नो बुबासित यसतर्फ लागिपरेका सञ्जयले हाल कृषि, पशुपालन तथा फुलको खेतीलाई आयको स्रोत बनाएका छन्। आफ्नो दिवङ्गत पिताको नाममा तिनले सूर्य नर्सरी अनि बाख्रा फार्म खोलेका छन् भने हाल तिनको फार्ममा विभिन्न उन्नत प्रजातिको बाख्रा रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *