कृष्ण चन्द्र पालको तेस्रो पुण्यतिथिमा मेयर गौतम देवद्वारा श्रद्धाञ्जलि अर्पण

सिलगढी : सिलगढी नगरनिगमको 23 नम्बर वार्डका पूर्व काउन्सिलर कृष्ण चन्द्र पालको तेस्रो पुण्यतिथिको अवसरमा आज मेयर गौतम देवले श्रद्धाञ्जलि अर्पण गरे। मेयर गौतम देवले सिलगढीको 23 नम्बर वार्डको सूर्यनगर मैदान अघि रहेको स्वर्गीय कृष्ण चन्द्र पालको सालिगमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल सभानेत्री पापिया घोष, डेपुटी मेयर रञ्जन सरकार, 23 नम्बर वार्ड काउन्सिलर लक्ष्मी पाल, दिवङ्गत कृष्ण चन्द्र पालका भाइ बाबलु पाल लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, कृष्ण चन्द्र पाल 1994 सालदेखि केही वर्षसम्म वार्ड काउन्सिलरको रूपमा पदमा थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *