कृष्ण प्रधानको प्रणम्य गुरूवर लोकार्पण

सिलगढी : भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार, समाजसेवी तथा पत्रकार युवराज काफ्लेमाथि आधारित आलोचनात्मक जीवनवृत्त कृति प्रणम्य गुरूवर-को आज सिलगढीमा लोकार्पण गरियो। सिलगढी नेपाली साहित्य प्रचार समितिको आयोजनामा यहाँको देवकोटा संघमा विभिन्न कार्यक्रमहरूको साथमा कृष्ण प्रधानद्वारा लिखित उक्त कृतिको साहित्यकार तथा लेखकहरूको उपस्थितिमा लोकार्पण गरियो। उक्त कार्यक्रममा उत्तरबंग विश्वविद्यालयका पूर्व प्राध्यापक तथा साहित्यकार नरेश चन्द्र खाती, समाजसेवी गुनु घर्ती, युवराज काफ्ले, मीमलाल सापकोटा, सुकराज दियाली, प्राध्यापक मेघनाथ छेत्री, जीवन राणालगायत लेखक कृष्ण प्रधान अनि तिनकी धर्मपत्नी अनु प्रधान आदि प्रमुख रूपमा उपस्थित थिए। स्मरण रहोस्, हाँस्य व्यङ्ग्यकार तथा लेखक कृष्ण प्रधानको यसै महिनाभित्रमा प्रकाशित यो तेस्रो कृति हो भने हालसम्म तिनको 20 वटा कृतिहरू प्रकाशित भइसकेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *