कृष्ण प्रधानकृत दुईवटा पुस्तकको लोकार्पण

सिलगढ़ी: भारतीय नेपाली साहित्यका वरिष्ठ व्यङ्ग्यकार, नाटककार तथा पत्रकार कृष्ण प्रधानका दुई नाट्यकृति “सिङसाँढे” र “ओभानो सिउँदो”- को आज एउटा भव्य कार्यक्रमबीच लोकार्पण गरियो। सिलगढ़ीको गुरुङ बस्तीस्थित आर्य समाज मन्दिर भवनमा सम्पन्न लोकार्पण कार्यक्रममा उपस्थित भारतीय नेपाली साहित्यका वरिष्ट साहित्यकारहरू लगायत पत्रकारहरूले लोकार्पण कृतिका लेखक कृष्ण प्रधानलाई हार्दिक बधाईं साथै अग्रिम शुभकामना दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *