कृति सर्जक र सिर्जना-को पहिलो भाग विधिवत लोकार्पण

सुकेपोखरी : कोरोनाकालमा कवि कल्याण गुरूङद्वारा वाचन गरिएका कवि एवं कवयित्रीहरूका कविताहरूको सङ्कलन कृति सर्जक र सिर्जना पहिलो भागको आज विधिवत लोकार्पण गरियो । स्मरण रहोस्, नागरी फार्म चियाबारी निवासी युवा कवि कल्याण गुरूङ रोजगारको सिलसिलामा नेपालको पोखरामा बस्दै आएका छन् । साहित्यकर्मी गुरूङले विगत कोरोनाकालमा धारावाहिक रूपमा मोठ 108 जना कविहरूको कविता वाचन गरेका थिए भने सर्जक र सिर्जना कृतिको पहिलो भागमा 54 जना कविहरूको कविता समावेश गरिएको छ । कृतिको दोस्रो भागमा रहल 54 जना कविका कविताहरू अन्तर्भुक्त गरिने बताइएको छ। स्वयम् कल्याण गुरूङ सम्पादक अनि समीर सेवा सह सम्पादक रहेको कृति विमोचन समारोहको अध्यक्षता एसके बान्तावाले गरेका थिए। कतिपय विशेष कारणले सम्पादक कल्याण गुरूङ अनुपस्थित रहेकोले कार्यक्रमलाई सह सम्पादक समीर सेवाले सञ्चालन गरेका थिए। प्राध्यापक डा. राजकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ठ अतिथिहरूमा साहित्यकार अर्जुन प्रधान,कवि मदन ओझा,किशन प्रधान तथा अन्यको उपस्थिति थियो। नागरी फार्म,धजे,मगरजोङ,एभनग्रोभ आदि क्षेत्रबाट आएका कवि तथा गजलकारहरूले आ-आफ्नो रचना प्रस्तुत गरेको कार्यक्रमलाई कार्यक्रम अध्यक्ष तथा प्रमुख एवं विशिष्ठ अतिथिहरूले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *