कुच्चोको भाउ बढी भए तापनि गाउँ-बस्तीमा कम भाउ पाएको गुनासो

मिरिक: यसवर्ष कुच्चोको भाउ बढी आएकोले कुच्चो उत्पादकहरु उत्साहित छन्। धेरै वर्षपछि कुच्चोको दाममा ह्वात्तै बढोत्तरी भएकोले उत्पादकहरु रमाएका छन्। यद्धपि गाउँतिर पैकारीहरूले बजारको भाउभन्दा कम भाउ लगाउने गरेकोले धेरैजसो उत्पादकहरु रुष्ट बनेका छन्। मिरिकको छोटाटिङलिङ गाउँमा अत्याधिक कुच्चो उत्पादन गरिन्छ, यहाँ हाल काँचो कुच्चोको पैकारी भाउ प्रतिकिलो 35 रुपियाँसम्म रहेको स्थानीय उत्पादक विशाल खवास बताउँछन्। तिनको भनाई अनुसार बजारभाउको केही प्रतिशत मात्र कटौती गरेर गाउँतिर भाउ हाल्नु पर्ने हो तर पैकारीहरूले यहाँको गाउँ-बस्तीमा एकदमै कम मुल्य लगाउने गर्छन्। यसैगरी, रामकृष्ण छेत्री, अर्पण थापाले पनि भाउ जति आए पनि गाउँ-घरतिरका कुच्चो उत्पादकहरुले दाम कम पाउने गरेको गुनासो पोखेका छन्। अहिले अम्लिसो खेती गर्नेहरूमा कुच्चो उखेल्ने अनि सुकाउने क्रम चलिरहेको छ भने पैकारीहरू कुच्चो उठाउन गाउँ पस्न थालेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *