कुइरोले गर्दा बाघडुग्रा विमानअड्डामा विमान परिसेवा रद्द

सिलगढी :  सिलगढी सहर लगायत यसको छेउछाउको विभिन्न इलाकामा आज बिहानैदेखि कुइरो लागेको छ। कुइरो लागेकोले गर्दा बाघडुग्रा विमानअड्डामा विमान परिसेवा रद्द गरिएको छ। हालसम्म 10 भन्दा अधिक विमान बाघडुग्रा हवाईअड्डामा ल्यान्ड गर्न सकेको छैन। हवाई अड्डा सूत्रले दिएको जानकारी अनुसार दुईवटा विमान परिसेवा पहिला नै रद्द गरिएको छ। यदि दृश्यता 1600 मीटर छ भने मात्र विमान परिसेवा शुरू गरिनेछ। हाल दृश्यता 800 मीटर रहेको छ। विमान परिसेवा रद्द गरिएकोले गर्दा यात्रुहरूलाई निक्कै असुविधा भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.