कुहिरोले ट्रक अनियन्त्रित हुँदा चारवटा दोकान क्षतिग्रस्त

अलिपुरद्वार : बारोबिसा सेल ट्याक्स इलाकामा आज बिहान एउटा ट्रक अनियन्त्रित भएर सडक किनारमा रहेको दोकानभित्र पस्यो। प्राप्त जानकारीअनुसार आज बिहान असम-कोलकातागामी एउटा मालवाहक ट्रक कुहिरोको कारण अनियन्त्रित भएर बारोबिसा सेल ट्याक्स इलाकाको सडक नजिक रहेको चारवटा दोकान भत्काइदिएको बताइएको छ। उक्त दुर्घटनामा एउटा सेलुन दोकान, एउटा मोटर पाट्स दोकान र दुईवटा ग्यारेज क्षतिग्रस्त भए तापनि कसैको ज्यानलाई कुनै क्षति नभएको थाहा लागेको छ। घटनाको खबर पाएर पुलिस दुर्घटनास्थलमा पुगेर घाइते ट्रक चालकलाई उद्धार गरेर उपचारको लागि अस्पतालमा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *