कुख्यात अपराधीलाई पक्रिन गएका पुलिसमाथि हमला गरेको आरोपमा युवती सहित 2 जना पक्राउ

सिलगढी : कुख्यात अपराधीलाई पक्रिने क्रममा पुलिसको कार्यमा बाधा दिएको साथै हमला गरेको आरोपमा मतिगढा थाना पुलिसले एउटी युवती र एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा मोसिना खातुन (19) र एमडी नुर बसक (22) सामेल छन् भने दुवै मतिगढास्थित विश्वास कोलनी निवासी हुन्। प्राप्त जानकारी अनुसार गत 8 सेप्टेम्बरमा मतिगढा थाना पुलिसले गोप्य सूचनाको आधारमा कुख्यात अपराधी एमडी एकरमलाई पक्राउ गर्नको लागि विश्वास कोलनी गएका थिए। त्यस समय पुलिसलाई देखेर अपराधीलाई बचाउनको लागि केही मानिसहरूले बाधा दिए भने केही महिलाहरू अघि आए। तथापि पुलिसले आरोपीलाई पक्राउ गर्नको लागि अघि जाँदा एउटी युवतीले पुलिस अधिकारी उदय चक्रवर्तीमाथि हमला गरेको बताइएको छ। यसपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर उक्त आरोपीलाई पक्राउ गरेर थानामा लगे। अर्कोतिर, उदय चक्रवर्तीलाई प्राथमिक उपचारको लागि अस्पताल लगियो। पक्रा परेका दुईजना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि अदालतले 14 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetxxxxjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrainterbahisperabet girişjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1perabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes