कुकुरलाई धारिलो हतियारले हिर्काउने युवकविरुद्ध थाना अभियोग दर्ता

सिलगढी : लकडाउनको कारण हाल खाद्य संकटसँग जुझिरहेको छ भुस्याह कुकुरहरू। यस्तो परिस्थितिमा विभिन्न पशुप्रेमीलगायत केही मानिसहरूले ती कुकुरहरूलाई खानेकुरा दिइरहेका छन्। तथापि, खाद्यको खोजीमा केही कुकुरहरू सहरको गल्लीहरूमा घुमिरहेको देखिन्छ। सिलगढीको गेट बजार निवासी एकजना लागु पदार्थ सेवन गर्ने युवकले खाद्यको प्रलोभन देखाएर एउटा भुस्याह कुकुरलाई धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको अभियोग रहेको छ। घाइते उक्त कुकुर इलाकामा यताउता हिँडिरहेको देखेपछि एकजना पशुप्रेमीलगायत स्थानीय मानिसहरूले उपचारको व्यवस्था गरेको बताइएको छ। अर्कोतिर, तिनीहरूले आरोपी युवकविरुद्ध एनजेपी थानामा अभियोग दर्ता गरेको छ। भोकको कारण इलाकाको गल्लीहरूतिर भुस्याह कुकुरहरू घुमिरहेको समय खाद्यको प्रलोभन देखाएर उक्त युवकले कुकुरलाई धारिलो हतियारले प्रहार गरेर घाइते बनाएको पशुप्रेमी विश्वदीप भट्टाचार्यले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *