कुमाई क्षेत्रको गोजमुमो 2 र भाजपाका युनियन नेताहरूद्वारा बिमल गुरूङलाई समर्थन

झोलुङ : कालेबुङ जिल्लाको 44 नम्बर समष्टी अन्तर्गत पर्ने गोजमुमो बिमल खेमा सामसिङ कुमाई समष्टिको निर्देशनमा सम्पन्न सभामा बिशेष गरेर गोजमुमो 2 युनियनको सभापति रत्नमणि छेत्री, भाजपा युनियनका बलदेव थापा लगायत अन्य मानिसहरू डम्बर प्रधानको अगुवाईमा पार्टीमा सामेल भएका छन्।


उक्त सभामा पार्टीको केन्द्रिय समितिका सदस्यहरू क्रमैले चन्द्र योञ्जन, कारसन राई र लिला कुमार गुरुङको उपस्थितिमा समष्टि वर्किङ सभापति सुरेश देवान, समष्टि महासचिव निर्पराज भुजेल, युनियनका सभापति मन कुमार खवास, जुस्लो सभापति कञ्चन गुरुङ, विद्यार्थी मोर्चाका अनुश्री खवास आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *