कुमारगञ्ज काण्डका आरोपीहरू 3 दिनको हिरासतमा

दक्षिण दिनाजपुर : कुमारगञ्ज काण्ड मामिलालाई स्पेशल कोर्टमा स्थानन्तरित गर्नको साथै आरोपीहरूलाई 3 दिनको जेल हिरासतमा राख्ने निर्देश दिएको छ। स्मरण रहोस्, केही दिनअघि दक्षिण दिनाजपुरको कुमारगञ्जमा एउटी नाबालिकासँग दुष्कर्म गरेपछि तिनलाई जलाएर हत्या गरेको आरोपमा पक्रा परेका आरोपीहरूलाई 6 जनवरीको दिन अदालतमा पेश गरेपछि 16 जनवरीसम्म पुलिस हिरासतमा राख्ने निर्देश दिएको थियो। तर उक्त मामिला एसटीएससी एक्टअन्तर्गत रहेकोले उक्त मामिला स्पेशल कोर्टमा स्थानन्तरित गरेको थियो। यसैले आज पुलिसले कुमारगञ्ज काण्डका तीनजना आरोपीलाई चीफ जुडिसियल म्याजिस्ट्रेट कोर्टको बद्ली एडिशनल फास्ट कोर्टमा पेश गर्यो। आरोपीलाई अदालतमा पेश गरिनअघि कठोर सुरक्षा व्यस्था अप्नाएर अदालतमा परिसरमा धेरै संख्यामा पुलिसका जवानहरू तैनाथ गरिएको थियो। दक्षिण दिनाजपुर जिल्ला अदालतको सरकारी उकील ऋतव्रत चक्रवर्तीले बताएअनुसार आरोपीहरूलाई आज अदालतमा पेश गरेपछि 3 दिनको निम्ति हिरासतमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *