कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार मङ्पुका सुभद्रा बम्जनलाई प्रदान गरिने

मिरिक: चियाबारी, हाम्रो चियाबारी र बरदान साहित्यिक पत्रिकाका सम्पादक कुमार रसाइलीको स्मरणमा प्रत्येक वर्ष प्रदान गरिने कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार मङ्पुबाट प्रकाशित हुने निषाद र हस्ताक्षर साहित्यिक पत्रिकाका सम्पादक सुभद्रा बम्जनलाई आउँदो 9 नोभेम्बर प्रदान गरिने भएको छ। यस पुरस्कार अलङ्करण अन्तर्गत पुरस्कृत स्रष्टा सुभद्रा बम्जनलाई अङ्गवस्त्र, कदर पत्रको साथै नगद राशी प्रदान गरिने कुरो पनि विज्ञप्तिमा जनाइएको छ। सुभद्रा बम्जनले मङपु साहित्य संस्थानको साहित्यिक पत्रिका निषाद’-को निष्ठापूर्वक सम्पादन गर्नको साथै निजी प्रयासमा मङपुबाट साहित्यिक पत्रिका हस्ताक्षरप्रकाशित गर्दै आइरहेकी छन् । भारतीय साहित्यिक पत्रकारिताको क्षेत्रमा निष्ठापूर्वक योगदान पुऱ्याए वापत तिनलाई कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कारले अलङ्करण गरिने सूचना कुमार साहित्य प्रतिष्ठान, मिरिकको पक्षबाट कुमार कर्म (स्मृति ग्रन्थ) का प्रमुख सम्पादक कृष्ण प्रधानले विज्ञप्ति मार्फत् जानकारी दिएका छन्। यो पुरस्कार प्रदान आँउदो 9 नोभेम्बरको दिन कृष्णनगर, मिरिकको सद्भावना प्रेक्षाग्रृहमा कुमार रसाइलीको पुण्य तिथि साथै तिनको स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ कुमार कर्म लोकार्पण समारोहमा प्रदान गरिने विज्ञप्तिमा बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *