खरसाङ 13 नम्बर वार्डका नारी मोर्चा सचिव कामा डोमा भोटिया बिमलखेमामा सामेल

खरसाङ: खरसाङको वार्ड नम्बर 13 को विनयपन्थी नारी मोर्चाका सचिव एवम् खरसाङ टाउन कमिटिका सदस्या कामा डोमा भोटिया आज बिमलपन्थीमा सामेल भएकी छन्। 2007 देखि गोजमुमोका सक्रिय कार्यकर्ता कामा डोमा भोटिया सन् 2017 पछि विनयपन्थीमा थिइन् भने आजदेखि बिमलपन्थीमा सामेल भएका छन्। तिनलाई बिमलपन्थी नारी मोर्चा खरसाङ टाउन कमिटीका सभापति शकुन लामा, सचिव शोभा छेत्री एवम् नारी मोर्चा वार्ड नम्बर 13 को सभापति नशिफा बानुको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरियो। बिमलपन्थी गोजमुमोमा सामेल भएपछि कामा डोमा भोटियाले भनिन्, म 2007 देखि नै यस पार्टीमा सक्रिय थिए र 2017 पछि विनयपन्थीमा थिए। तर अहिले पुन: आफ्नै घरमा फर्केर आउने विचार गरेर आएको हुँ भनी बताइन्। तिनले पार्टीमा एक दुईजनाको नीति मन नपरेकोले गर्दा नै अब बिमल गुरुङको हात बलियो बनाउन सबैसित मिलेर कार्य गर्न पार्टीमा पुनः फर्किआएको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *