खरसाङ 4 नम्बर वार्डमा कोरोनाले वृद्धाको मृत्युपछि वार्डमा गरियो सेनिटाइज

खरसाङ : खरसाङ नगरपालिकाको वार्ड नम्बर 4का 60 वर्षीय एकजना महिलाको कोरोना पोजिटिभ भएर मृत्यु भएपछि आज जीटीए चेयरम्यान अनित थापाको पहलमा र खरसाङ नगरपालिकाको सहभागितामा उक्त क्षेत्रमा वृहत रूपमा सेनिटाइज गरियो। जीटीए चेयरम्यान अनित थापा स्वयम् सेनिटाइज कार्यमा उपस्थित थिए भने तिनले पीडित सपरिवारको मनोबल बढ़ाउनको लागि भेट गरेर कुराकानी पनि गरे। यस अवसरमा जीटीए चेयरम्यान अनित थापाको उपस्थितिमा नै खरसाङ नगरपालिका टाक्स फोर्सका सदस्यहरूले घर र वरिपरि क्षेत्रहरूतिर सेनिटाइज गरे। यस विषयमा पत्रकारहरूलाई जानकारी दिँदै खरसाङ नगरपालिका उपाध्यक्ष ब्रिगेन गुरुङले खरसाङ नगरपालिकको वार्ड नम्बर 4 निवासी 60 वर्षीय महिलाको युटीआई इन्फेक्सन भएर अस्पताल भर्ना गरिएको थियो। यसपछि तिनलाई ज्वरो आउँदा स्वाब टेस्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि उपचारको लागि कोभिड अस्पताल लगिएको थियो तर त्यहाँ नै तिनको निधन भएपछि सरकारी नियम अनुसार तिनको अन्तिम संस्कार गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *