खरसाङ आदर्श विद्यालयमा अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई विदाई

खरसाङ (निसं): खरसाङ आदर्श विद्यालयका अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई शिक्षिका एस. गुरूङको अध्यक्षतामा सम्पन्न एउटा कार्यक्रमबीच सम्मानसहित विदाई गरियो। उक्त कार्यक्रममा भूतपूर्व प्रधान अध्यापक डा. नरेन्द्र नारायण प्रधान, सह-शिक्षक उदय राई र सह-शिक्षिका वीणा प्रधानलाई आदर्श विद्यालयका विद्यार्थीहरूको सुनौलो भविष्य निर्माणमा तिनीहरूले पुऱ्याएको अमूल्य त्याग र बलिदानको कदर गर्दै सम्मान स्वरूप अंग वस्त्र, स्मृति चिन्ह र संवर्द्धना पत्रले विभूषित गरियो।स्कुलका शिक्षक-शिक्षिकाहरू विद्यालय सञ्चालन समिति र विद्यार्थीहरूले अवकाश ग्रहण गर्ने शिक्षक-शिक्षिकाहरूलाई सुन्दर भविष्यको शुभकामना टक्राउँदै आश्रुपूर्ण विदाई दिए। प्रधान अध्यापक डा. नगेन्द्र नारायण प्रधान, सह-शिक्षक उदय राई र सह शिक्षिका वीणा प्रधान तीनैजनाले सन् 1988 सालमा खरसाङ आदर्श विद्यालयमा नियुक्ति प्राप्त गरेका थिए। उदय राई अङ्ग्रेजी विषयको शिक्षक, वीणा प्रदान शारीरिक शिक्षाका शिक्षिका र डा. नगेन्द्र नारायण प्रधान शुद्ध विज्ञानको शिक्षक थिए। उदय राई 2019 को दिसम्बर महिनासम्म, वीणा प्रधान 2020 को सेप्टेम्बरसम्म र प्रधान अध्यापक डा. नगेन्द्र नारायण प्रधान सेप्टेम्बर 2022-सम्म शिक्षण पेशामा कार्यरत थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *