खरसाङ अम्बटे चियाबारीको सिरिसेमा पिउने पानीको योजनाको उद्घाटन

खरसाङ : खरसाङ महुकमा अन्तर्गत अम्बटे चियाबारीको सिरिसेमा जल जीवन मिशन परियोजना अन्तर्गत पिउने पानीको विधिवत् उद्घाटन गरियो। 46 लाख रुपियाँको लागतमा निर्माण गरिएको पानीको योजनाको जीटीए प्रमुख कार्यपाल अनित थापा साथै जीटिएका मातृ एवम् शिशु कल्याण विभागकी भारप्राप्त सभासद तथा यसै समष्टि सभासद् कल्पना प्रधानको बाहुलीबाट उद्घाटन गरियो।


खरसाङ खण्डको पान्डु ग्राम पञ्चायतमा अवस्थित अम्बटेको सिरिसे सार्वजनिक भवनमा सम्पन्न उद्घाटन कार्यक्रमको अध्यक्षता अप्पर सिरिसे ग्राम सुधार समिति अध्यक्ष सुरेन छेत्रीले गरेका थिए। प्रकाश प्रधानले सञ्चालन गरेको कार्यक्रममा प्रताप छेत्रीले स्वागत भाषण राखे। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए मुख्य कार्यपाल अनित थापाले अम्बटे सिरिसे क्षेत्रमा पिउने पानीको समस्या समाधान भएर जान सकेकोमा खुशी व्यक्त गरे। हाल पहाडमा आफूले सुन नै लिएर आए पनि विपक्षी पार्टीले सुनलाई पित्तल भन्दै जनता समक्ष भ्रम फैलाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *