खरसाङ बरबुङ निवासी राम प्रधानको जीर्ण घरको निर्माण नेवार विकास बोर्डले गरिदिने

खरसाङ : खरसाङ महकुमा अन्तर्गत गिद्धे पहाड़को बरबुङ गाउँ निवासी राम प्रधानको घरको सोचनीय अवस्था रहेको भए तापनि तिनी जीर्ण अवस्थामा पुगेको घरमा बस्न बाध्य थिए। राम प्रधानको घरको सोचनीय अवस्था देखेर सहयोगी हात र नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले यस विषयमा नेवार विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान सुनिल प्रधानलाई खबर गरिदिएको साथै तिनको घरको सोचनीय अवस्थाबारे समाचार देखाएपछि राम प्रधानको घरको सोचनीय अवस्था थाहा पाएर नेवार विकास एवम् सांस्कृतिक बोर्डका चेयरम्यान सुनिल प्रधानले बरबुङस्थित राम प्रधानको घर पुगेर अवस्थाको निरीक्षण गरेपछि नेवार विकास एवम् सांस्कृतिक बोर्डको तर्फबाट तिनको घर बनाइदिने वचन दिएका छन्। नेवार विकास बोर्डको चेयरम्यान सुनिल प्रधानले पहाडका जीर्ण अवस्थामा पुगेको घरमा बसिरहेका नेवार समुदायका मानिहरूले घरको निम्ति सोझै आफुसित सम्पर्क गर्ने अनुरोध गरेका छन्। तिनले मुख्यमन्त्री ममता ब्यानर्जीको सपना पूरा गर्न आफुहरु कटिबद्ध भएर कार्य गर्ने पनि बताए। अर्कोतिर, बोर्ड गठन भएको यत्रो वर्ष पछि पनि कसैको नजर नपरेको राम प्रधानको घर अब नयाँ बनिने कुरामा तिनी आशावादी देखिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *