खरसाङ ब्याटमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा साथै नव कार्यकारिणी समितिको पुनर्गठन

खरसाङ : खरसाङ ब्याटमिन्टन एसोसिएसनको वार्षिक साधारण सभा मिलन तामाङको सभापतित्वमा स्थानीय खरसाङ सार्वजनिक भवन, पार्क लोकेसन खरसाङमा सम्पन्न भयो। सभाको उत्तरार्धमा एसोसिएसनका सचिव सरोज गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने प्रज्ज्वल प्रधानले संगठनको वार्षिक फाँटवारी प्रस्तुत गरे। यहीँ वार्षिक सभाको अवसरमा खरसाङ ब्याटमिन्टन एसोसिएसनका नव कार्यकारिणी समितिको पनि पुनर्गठन गरियो।


नव कार्यकारिणी समितिमा अध्यक्ष नर्बू शेर्पा, उपाध्यक्ष पेमेन्द्र गुरुङ, सचिव प्रज्ज्वल प्रधान, संयुक्त सचिवद्वय रिक्देन लामा, नगेन्द्र सुब्बा, कोषाध्यक्ष रमेश राई, मुख्य सल्लाहकार एनके गुरुङ, सल्लाहकार समितिमा सुजन थापा, शरद प्रधान, सरोज गुरुङ, सुनिम तामाङ, तक्निकी सहायकमा रिक्देन लामा, नगेन्द्र सुब्बा, सुनिम तामाङ, वित्तीय समितिमा पियुस राई, वाङ्गेल योञ्जन, महेन्द्र दर्नाल, सुनिम तामाङ, पूर्वाधार समितिमा सुजन थापा, पंकज सारिया, कार्यकारी समितिमा देवराज भण्डारी, तपेश्वर प्रसाद, महेन्द्र दर्नाल, भरत योल्मो, पंकज सारिया, विशाल आले, यौवन थापा, पीआर‌ओ हेमन्त कुमार दर्नाल अनि सोशल मीडिया अनि मीडिया प्रबन्धनमा बृज कमल राईलाई सर्व सम्मतिद्वारा मनोनित गरियो। सभामा रमेश राई, एनके गुरूङ, पियुस राई, शुभ्र रूम्बा, यौवन थापा, देवराज भण्डारीले आ-आफ्नो वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *