खरसाङ बजारको दोकानहरूमा कन्ज्युमर अफियर्स विभागद्वारा निरीक्षण

खरसाङ (निसं) : खरसाङ बजारको दोकानहरूमा आज कन्ज्युमर अफियर्स विभाग र अन्य विभिन्न विभागका तर्फबाट निरीक्षण गरियो। कन्ज्युमर अफियर्स विभागको दार्जिलिङ जिल्लाको सह निर्देशक निलय सरकारको अगुवाईमा खरसाङ बजारको विभिन्न दोकानहरूमा रेड गरियो। बिहान 11.30 बजीदेखि खरसाङको मोटर स्ट्याण्डका दोकानहरूबाट रेड शुरु गरेर खरसाङ बजारको विभिन्न दोकानहरूमा रेड गरियो। उक्त रेडमा जीटीएको कन्ज्युमर अफियर्स विभाग, फुड सेफ्टी, लिगल मेट्रोलेजी विभाग, खरसाङ नगरपालिका, अग्नि शमन विभाग, जीएसटी विभाग, पुलिस विभाग आदि जस्ता विभागहरूबाट अधिकारीहरू उपस्थित थिए। उक्त रेडमा विभिन्न दोकानहरूमा एमआरपीबील, जीएसटी, ट्रेड लाईसेन्स, ओजन, फायर सेफ्टी, फुड लाईसेन्स, वस्तुहरूका बनिएको समय र यसको मियाद जस्ता विषयहरूमा चेक गरिएको थियो। यस अवधि विभिन्न दोकानहरूमा चेक गर्दा धेरै जस्तो दोकानहरूमा पाइएको समय सकेर पनि बिक्री गरिएको विभिन्न सामानहरूलाई फ्याँक्ने कार्य गरियो भने कतिवटा दोकानहरूमा विभागले भनेको जस्तो मापदण्ड नपाएको खण्डमा नोटिस पनि जारी गरिएको छ।


त्यसरी नै कतिवटा दोकानहरूबाट समय काटेर पनि राखिएको सामानहरू नगरपालिकाको गाड़ीमा हालेर फ्याँक्ने कार्य गरियो। धेरैजसो दोकानहरूमा फायर सुरक्षा नभएकोले दुई दिनभित्रमा फायर सेफ्टी लगाउने निर्देश जारी गरिएको छ। कतिवटा मिठाई, चिया खाजा र खाना पकाउने दोकानहरूका किचनको पनि निरीक्षण गरिएको छ। यसावधि विभागले कतिवटा कोल्ड ड्रिङ्ग्सहरू, नानीहरूका मिठाईहरू, कतिवटा देकानबाट रस मिठाईहरू, कतिवटा प्याकेटका सामानहरू पनि फ्याँक्ने कार्य गरिएको छ। एउटा सुन मरमत्ति गर्ने दोकानबाट केही सुनका टुक्राहरू पनि जफत गरिएको छ। उक्त रेड कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको कन्ज्युमर अफियर्स विभागका सह निर्देशक निलय सरकार, जीटीएको कन्ज्युमर अफियर्स विभागको एमओडी सभासद श्याम शेर्पा, फुड एण्ड सेफ्टी विभागबाट खरसाङको फुड सेफ्टी अफिसर राहुल कार्जी, जीएसटी विभागको अधिकारी शरण लिम्बु, लिगल मेट्रोलोजी विभागबाट डेपुटी कन्ट्रोलर अफ् नर्थ बेंगाल उत्पाल विस्वास र खरसाङको इन्स्पेक्टर निलम तामाङ, अग्नि शमन विभागबाट बीबी गदाईली, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान आदिले विस्तृत जानकारी गराएका छन्। यस रेडमा खरसाङ व्यवसायी संगठनबाट सभापति फिरोज अख्तर, सचिव राजेन्द्र प्रसाद, लिगल मेट्रोलोजी विभागबाट खरसाङको इन्स्पेक्टर निलम खरसाङ नगरपालिकाको सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बा, पुलिस विभागबाट अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *