खरसाङ बजारको सुपर मार्केटदेखि मन्टिभियट चौरास्तासम्म सडक मरमतिको शिलान्यास

खरसाङ (निसं) : खरसाङको वार्ड नम्बर 9, 11 र 12 सित जोडिएको सुपर मार्केटदेखि मन्टिभियट चौरास्ता पुग्ने रोडको मरमत्तिको कार्यको लागि आज शिलान्यास गरियो। खरसाङ बजारको व्यस्त रोडहरूमध्ये एक मानिने उक्त मन्टिभियट रोडको मरमत्ति कार्यको आज खरसाङ देवराली समष्टिको सभासद श्याम शेर्पाको बाहुलीबाट शिलान्यास गरिएको छ। खरसाङ बजारको सुपर मार्केटदेखि मन्टिभियटको चौरास्तासम्म पुग्ने 1.5 किलोमीटरको रोड खरसाङ इञ्जिनियरिङ विभागबाट मरमत्तिको कार्य अब शुरु हुने भएको छ। यसको लागि आज भागोप्रमो-का पदाधिकारीहरू र विभागीय अधिकारी उपस्थितिमा शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा लगायत खरसाङ इञ्जिनियरिङ विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्री, सहायक अभियन्ता दिपेन प्रधान, वार्ड नम्बर 13 को पूर्व वार्ड पार्षदिका अमृता लामा र 10 नम्बर वार्डको पूर्व पार्षदिका डोल्मा यल्मो साथै नारी शक्ति केन्द्रीय समितिको अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन एवम् अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *