खरसाङ बजारमा हिल तृणमूल कांग्रेसको सभा

खरसाङ  : खरसाङ बजारमा हिल तृणमूल कांग्रेसको एउटा सभा आज सम्पन्न भयो। उक्त सभा हिल तृणमूल कांग्रेस खरसाङको सभापति आरिफ खानको अध्यक्षता र अगुवाईमा सम्पन्न भयो। उक्त सभामा आगामी 2021-को विधान सभा चुनाउलाई ध्यानमा राखेर खरसाङ क्षेत्रमा पार्टीको विस्तार र खरसाङ टाउन कमिटी गठन विषयमा चर्चा परिचर्चा गरियो। सभापछि पत्रकारहरूसित बोल्दै हिल तृणमूल कांग्रेस खरसाङका सभापति आरिफ खानले आफूलाई केही दिन अघि खरसाङको दायित्व दिएको थियो भने त्यसैको आधारमा आज उक्त सभाको आयोजना गरेर आगामी 2021-को विधान सभा चुनाउलाई ध्यानमा राखेर खरसाङ क्षेत्रमा पार्टीको विस्तार गर्न टाउन कमिटीको गठन विषयमा चर्चा गरिएको बताए। तिनले आजको सभामा खरसाङ टाउन कमिटिको लागि सचिवको पदमा लक्ष्मण शर्मालाई चयन गरिएको बताए। खरसाङ टाउन कमिटी गठन गर्न र आगामी रणनीति बनाउन आगामी मंगलबार खरसाङमा हिल तृणमूल कांग्रेसको अध्यक्ष एलबी राईलाई खरसाङमा बोलाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *