खरसाङ बजारमा बाँदरहरूको उत्पात, पिञ्जरा थापेर बाँदर पक्रिने कार्य

खरसाङ (निसं) : खरसाड सहरमा बाँदरको बड्दो आङ्तकले नगरवासी निक्कै आतङ्कित बनेका छन्। खरसाङ बजारमा बाँदरको उत्पात बढेकोले यसलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समिति एवम् खरसाङ टाउन कमिटीको नेतृत्वमा खरसाड वन-विभागको संयुक्त पहलमा खरसाङ बजारको बाँदरहरूलाई पिञ्जरामा पक्रिने कार्य शुरू गरेको छ। भागोप्रमो खरसाङ महकुमा समितिबाट अघिबाटै वन विभागका अधिकारी डीएफओ-लाई पत्राचार गरिसकेको अनि खरसाड नगरपालिका उपाध्यक्षले पनि वन-विभागीय अधिकारी डीएफओ खरसाडलाई पत्राचार गरे तापनि वन-विभागीयको तर्फबाट यतिका समयसम्म पहल नभएको जन-गुनासो लिएर वन-विभागको वल्ड लाइफ दार्जिलिङ, खरसाङ डीएफओ, खरसाड महकुमा अधिकारीहरूलाई पत्राचार गरी खरसाड नगरपालिका नगरवासीहरूको असुरक्षित रहेको जानकारी गराए अनुसार आज बिहानदेखि खरसाङ रेञ्ज वन-विभागका कर्मचारीहरूले खरसाड सहरको बाँदरहरू पिञ्जरामा समातेर लैजाने कार्य शुरू गरेका छन्। यस क्रममा खरसाड अस्पताल छेउ, नयाँ बजारस्थित जगदीश मन्दिर छेउ, खरसाड नगरपालिका कार्यालयमा पिञ्जरा राखेर बाँदर पक्रने कार्य गरियो। खरसाङ बजारको बाँदरहरू पक्रेर लगेकोमा नगरवासीहरूको पक्षबाट नगर-उपाध्यक्ष सुवास प्रधानले वन-विभागका कर्मचारीहरू एवम् अधिकारीलाई धन्यवाद दिएका छन्। तिनले हप्तामा एक दिन निरन्तर बाँदर पक्रिने कार्य गरिदिने अनुरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *