खरसाङ बजारमा मास्क नलगाई हिँड्नेहरूलाई सतर्क गराउँदै भोलि शुक्रबारदेखि कार्वाही गर्ने पुलिसको चेताउनी

खरसाङ: खरसाङ बजार क्षेत्रमा मानिसहरूको भीड़भाड़ र मास्क नलगाई हिँड्नेहरूको चहल पहल बेसी भएकोले खरसाङ पुलिसद्वारा आज बजारमा माइकिङ गरेर तिनीहरूलाई सतर्क गराए। खरसाङ पुलिस थानाको आईसी निबेन्दु सरकारको निर्देशनमा आज खरसाङ पुलिसद्वारा बजारको विभिन्न क्षेत्रहरूमा माइकिङ गरेर सबैलाई अनिवार्य रूपमा मास्क लगाइदिने अपील गरे। पुलिसद्वारा खरसाङ बजारको मोटर स्ट्यान्ड, हिल कार्ट रोड, वर्द्धमान रोड, बजार क्षेत्रतिर माइकिङ गरेर सबैलाई  अनिवार्य रूपमा मास्क लगाइदिने नत्र भोलिदेखि मास्क नलगाउनेहरू विरुद्ध कार्वाही गरिने जानकारी गराए। हाल कोरोनाको मामिला केही घटेर गएकोले मानिसहरू निक्कै भीड़भाड़ हुने गरेको साथै मास्क समेत लगाउन छोड़ेकोले पुलिसद्वारा सबैलाई मास्क लगाउने आह्वान् गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *