खरसाङ बडी बिल्डिङ अनि फिटनेस अकाडेमीद्वारा गिन्नी विश्वकर्माको स्मरणमा शोक सभा तथा दोषीलाई सजाय दिनुपर्ने माग

खरसाङ: खरसाङ बडी बिल्डिङ अनि फिटनेस अकाडेमीले आज खरसाङको सुवेदार बस्तीस्थित सार्वजनिक भवनमा एउटा शोक सभाको आयोजना गरेर डुवर्समा गोर्खे चेली गिन्नी विश्वकर्मको दुष्कर्मपछि हत्या भएकोमा घोर विरोध गरियो। उक्त सभा खरसाङ बडी बिल्डिङ एण्ड फिटनेस अकाडेमीको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्रीको अध्यक्षतामा सम्पन्न भयो। सभामा अकाडेमीको अध्यक्ष सञ्जय छेत्री, उप सभापतिद्वय चिराग तिवारी र निर्मल गुरुङ, सचिव देवराज भण्डारी, सह सचिवद्वय सचिन लामा र समशेर अली, कोषाध्यक्ष ओमप्रकाश चौरासिया आदि उपस्थित थिए। सभामा अकाडेमीद्वारा डुवर्समा गोर्खे चेली गिन्नी विश्वकर्मको बलात्कारपछि हत्या गरिएकोमा घोर विरोध जनाउँदै प्रशासनले दोषीहरूलाई झट्टै पक्राउ गरेर सजाय दिनु पर्ने ताकि भविष्यमा यस्ता घटना हुन नसकोस् भनी बताएका छन्। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै उप सभापति चिराग तिवारीले पत्रकारहरूसित कुराकानी गर्दै आज हामी खरसाङ बडी बिल्डिङ एण्ड फिटनेस अकाडेमीद्वारा शोक सभाको आयोजना गरेर डुवर्सको चेली गिन्नी विश्वकर्मको बलात्कारपछि हत्या भएको र यसको हामी घोर विरोध गर्दछौँ भन्दै दोषीहरूलाई चाँडै पक्राउ गर्ने माग गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *