खरसाङ क्षेत्रका 116 जनाले गर्‍यो रेपिड एन्टीजेन्ट टेस्ट

खरसाङ : खरसाङ खण्ड क्षेत्रमा आज मोठ 116 जनाको रेपिड एन्टीजेन्ट टेस्ट गरिएको सुकना खण्डका स्वास्थ्य अधिकारी डा. हसिबुल मल्लिकले जानकारी दिएका छन्। तिनले बताए अनुसार आज खरसाङ खण्ड अन्तर्गत गिद्धे पहाड़ र महानदीमा कोरोना भाइरसको लागि रेपिड एन्टीजेन्ट टेस्ट गरिएको जसमा गिद्ध पहाड़मा 42 जना र महानदीमा 74 जना गरेर मोठ 116 जनाको रेपिड एन्टीजेन्ट टेस्ट गरिएको छ। यी दुवै स्थानको रेपिड एन्टीजेन्ट टेस्टमा तीनजनाको रिपोर्ट पोजिटिभ पाइएको तिनले बताए। खण्ड स्वास्थ्य अधिकारी डा. हसिबुल मल्लिकले जानकारी गराउँदै यस समय खरसाङ खण्डको विभिन्न क्षेत्रहरूमा रेपिड एन्टीजेन्ट टेस्ट भइरहेको छ। यसै अन्तर्गत हिजो तीनधारेको राजबारी र घैयाबारीमा मोठ 83 जनाले रेपिड एन्टीजेन्ट टेस्ट गरेका थिए जसमा सबैको रिपोर्ट नेगेटिभ आएको पनि तिनले बताए। यो रेपिड एन्टीजेन्ट टेस्ट बुधबार खरसाङ खण्डको मकैबारी र अम्बटेमा गरिने साथै सबैलाई रेपिड एन्टीजेन्ट टेस्ट गर्ने तिनले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *