खरसाङ क्षेत्रमा तीनजना कोरोना पोजिटिभ

खरसाङ : खरसाङ क्षेत्रमा कोरोना पोजिटिभको तीनवटा नयाँ मामिला देखापरेको छ। यीमध्ये दुईजना तीनधारेका र एकजना खरसाङको गिध्द पहाड़ (बरबुङ) निवासी रहेको जानकारी सुकना खण्ड स्वास्थ्य अधिकारी डा हसिबुल मल्लिकले दिएका छन्। तिनले जानकारी गराए अनुसार तीनधारेको दुईजनामध्ये एकजना बाहिरबाट आएर क्वारेनटाइनमा रहेको र अर्को एकजना गत केही दिन अघि पोजिटिभ पाइएको व्यक्तिको परिवारकै सदस्य रहेकोले प्राथमिक सम्पर्कमा रहेको बताएका छन् । तिनीसित प्राथमिक सम्पर्कमा हुने सबैलाई क्वारेनटाइन गरिएको र चाढ़ै स्वाब टेस्ट गरिने बताएका छन् ।त्यसरी नै अर्को एकजना खरसाङ बरबुङ निवासी रहेको अनि तीनैजनाको स्वाब टेस्ट गत सोमबार गरिएको जानकारी डा मल्लिकले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *