खरसाङ क्षेत्रमा हाम्रो पार्टी-को झण्डा लगाउने कार्य धमाधम

खरसाङ : हाम्रो पार्टीका प्रतिनिधिहरूद्वारा आज खरसाङ बजार लगायत वरिपरि क्षेत्रहरूमा पार्टीको झण्डाहरू लगाउने कार्य सम्पन्न गरियो। हाम्रो पार्टी खरसाङको संयोजक दिपक सुब्बा लगायत अभिनन्दन रावत र अन्यको अगुवाइमा खरसाङ बजारको विभिन्न स्थानहरूमा पार्टीको झण्डाहरू लगाइएको छ। विगत तीन दिनदेखि खरसाङको विभिन्न क्षेत्रहरूमा पार्टीको झण्डाहरू लगाइरहेको छ।


हाम्रो पार्टीको खरसाङ क्षेत्रका प्रतिनिधिहरूले सिमलबारी, सुकना, रोहिणी रोड क्षेत्र लगायत आज खरसाङ बजार अनि सोनादासम्म पार्टीको झण्डाहरू लगाएको छ। यस झण्डा लगाउने कार्य अवधि हाम्रो पार्टीको संयोजक दिपक सुब्बा, अभिनन्दन रावत लगायत प्रभाकर मोथे, प्रीतम राई, नोयल तामाङ, पाल्देन लामा, राहुल सुब्बा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *