खरसाङ कलेजका प्राध्यापक डा. शंकर प्रसाद शाहलाई राज्यको उत्तर जोन को-अर्डिनेटर नियुक्त

खरसाङ : खरसाङ महाविद्यालयको प्राध्यापक डा. शंकर प्रसाद शाहलाई माइक्रो बायोलोजिस्ट सोसाइटी ईण्डियाले एक वर्षको लागि राज्य को-अर्डिनेटरको रुपमा नियुक्त गरेको छ। तिनको एक वर्षको समय गत 15 जून 2021 देखि शुरु भएर आगामी वर्ष 14 जून 2022 सम्म रहेको खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले जानकारी दिएका छन्। तिनले बताए अनुसार माइक्रो बायोलोजिस्ट सोसाइटी ईण्डियाको पश्चिम बंगालको राज्य सभापति डा. स्वपना मुखर्जीले हस्ताक्षर गरेको नियुक्त पत्रमा खरसाङ महाविद्यालयको प्राध्यापक डा. शंकर प्रसाद शाहलाई माइक्रो बायोलोजिस्ट सोसाइटी ईण्डियाले माइक्रो बायोलोजिस्टमा तिनले गरेको कार्य र रुचिलाई देखेर पश्चिम बंगाल राज्यको उत्तर जोनको लागि को-अर्डिनेटरको रुपमा एक वर्षको लागि नियुक्त गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *