खरसाङ दशौं सहिद गोल्ड कप युनाइटेड ब्रदर्स कालेबुङको झोलीमा

खरसाङ (निसं): युनाइटेड ब्रदर्स कालेबुङ दशौं सहिद गोल्ड कपको च्याम्पियन बनेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा सम्पन्न 10 औं सहिद गोल्ड कप फुटबल टुर्नामेन्टको फाइनल खेल आज युनाइटेड ब्रदर्स कालेबुङ बनाम रोयल एफसी सिलगढीमाझ सम्पन्न भयो। यस फाइनल खेल शुरु भएको 13 औं मिनटमा नै रोयल एफसीको जर्सी नम्बर 90 राजेश सिंगाले गोल गरेर टोलीलाई 1 गोलले बढ़त दिलाए। तर यो बढ़त लामो समयसम्म रहेन अनि खेलको 20 औं मिनटमा युनाईटेड ब्रदर्स कालेबुङको पक्षमा जर्सी नम्बर 6 सुजित सिंहले गोल गरेर बराबरीमा पुऱ्याए। यसको लगत्तै खेलको 42 औं मिनटमा कालेबुङको पक्षबाट जर्सी नम्बर 7 प्रवीण सु्ब्बाले गोल गरेर सक्कोर 2-1 बनाए भने फेरि पनि खेलको 48 औं मिनटमा कालेबुङकै पक्षमा जर्सी नम्बर 2 इलाले पेनल्टीकिक् मार्फत गोल गरेर खेल 3-1 गोलको बढ़तमा पुऱ्याएका थिए। यसरी पहिलो हाफको खेल 3-1 गोलको अन्तरमा समाप्त भएको थियो। खेलको दोस्रो हाफको 25 औं मिनटमा रोयल एफसीको तर्फबाट जर्सी नम्बर 6 विक्की थापाले गोल गरे। रोयल एफसीको तर्फबाट खेलको अन्तिम समयसम्म प्रयास गरेर पनि गोल गर्न नसकेपछि युनाईटेड ब्रदर्स कालेबुङले खेल 3-2 गोलको अन्तरले जितेर 10औं सहिद गोल्ड कप च्याम्पियनको उपाधि जित्यो।

गत वर्ष पनि युनाईटेड ब्रदर्स कालेबुङ नै च्याम्पियन बनेको थियो। दशौं सहिद गोल्ड कप फुटबल टुर्नामेन्टमा बेस्ट गोल किपरको अवार्ड युनाईटेड ब्रदर्स कालेबुङको गोलकिपर निगम सिंहले प्राप्त गरेका छन् भने यसै टिमको जर्सी नम्बर 10 तथा 17 वर्षीय खेलाड़ी लाक्पा तामाङलाई म्यान अफ् द म्याच चयन गरियो। त्यसरी नै म्यान अफ् द सिरिज रोयल एफसीको जर्सी नम्बर 10 करण राई चयन भएका छन् भने टुर्नामेन्टभरि सर्वाधिक गोलदाताको रूपमा कालेबुङ पुलिसको जर्सी नम्बर 10 अनिमेस गुरुङले अवार्ड प्राप्त गरेका छन्। यस टुर्नामेन्टमा मस्ट प्रमिसिङ टिमको अवार्ड युनाइटेड दिलाराम एफसीले प्राप्त गरेको छ। यस फाइनल खेलमा अतिथिका रूपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, युवा अनि खेलकूद मामिला विभागको एमओडी सभासद नवराज छेत्री, सभासदहरू श्याम शेर्पा, प्रणाम रसाईली, खरसाङ थानाका आईसी नबेन्दु सरकार, नारी शक्ति केन्द्रीय सभापति अनु प्रधान, भागोप्रमो केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ ट्राफिक ओसी दोर्जे शेर्पा, भक्तिमान तामाङ, आरबी लामा, खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको मुख्य संरक्षक एसबी सुनवार, सभापति मोहन योञ्जन आदि उपस्थित थिए। दशौं सहिद गोल्ड कपमा बिजेतालाई ट्रफीसहित एक लाख पचास हजार अनि उप विजेतालाई ट्रफीसहित नगदराशि एक लाख प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes