खरसाङदेखि सिलगढ़ीसम्म कुद्ने गाड़ीको भाड़ा 200 रुपियाँ यथावत् हालसम्म

खरसाङ : खरसाङदेखि सिलगढ़ीसम्म कुद्ने सेन्डिकेटका गाड़ीहरूका भाड़ा विषयमा जानकारी लिइँदा अहिलेसम्म खरसाङको सेन्डिकेटमा भाडा कम गर्ने कुनै जानकारी नआएको र अहिलेसम्म यात्रीहरूको माग अनुसार नै सामाजिक दूरीको नियमलाई पालन गर्दै एउटा वाहनमा केवल पाँचजना मात्रै यात्रु बोक्ने गरेको बताए । यसको साथै एकजना यात्रुको खरसाङदेखि सिलगढ़ीसम्मको भाड़ा 200 रुपियाँ रहेको जानकारी प्राप्त भएको छ। यस विषयमा खरसाङदेखि सिलगढ़ीसम्म कुद्ने अनइम्प्लोइमेन्ट ट्राभल्स एजेन्सीका सुदन गुरुङले खरसाङमा पत्रकारहरूले सोधेका प्रश्नहरूका उत्तर दिँदै हामीले गाड़ीमा केवल 5 जना हाल्छौं, यात्रीहरूले नै सामाजिक दुरीको नियमलाई पालन गरदिने भन्छन् र केवल पाँचजना मात्रै हाल्न भनी निवेदन गर्छन्, त्यसैले हामीले अहिले खरसाङदेखि सिलगढ़ीसम्म जानलाई केवल पाँचजना मात्र यात्रीहरू हाल्ने र एकजनाको भाड़ा 200 रुपियाँ लिने गरेको बताएका छन्। गुरुङले हामीलाई भाडा कम गर्ने कुनै खबर नआएको र यदि कुनै तेस्तो सूचना आए आफुहरूले पालन गर्ने बताए। तिनले अहिले सामानहरूको मूल्य बढ़ेर कहाँ पुगिसकेको साथै तेलको दाम पनि धेरै बढ़ेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *