खरसाङ देवराली समष्टिका प्रार्थी श्याम शेर्पाको पक्षमा विभिन्न ठाउँमा चुनाउ प्रचार

खरसाङ (निसं): 28 नम्बर खरसाङ देवराली समष्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी श्याम शेर्पाको पक्षमा युवा शक्तिद्वारा चुनाउ प्रचार गरियो। युवा शक्ति 28 नम्बर समष्टिद्वारा श्याम शेर्पाको पक्षमा चुनाउ प्रचार कार्यसँगै यहाँको चिम्नी देवरालीको विभिन्न स्थानहरूमा पोस्टरिङ साथै पार्थीको झण्डा लगाउने कार्य सम्पन्न गरियो।


युवा शक्तिद्वारा आज श्याम शेर्पाको पक्षमा खरसाङको चिम्नी, देवराली, सिमानाटार, 6 माइल आदि स्थानहरूमा पोस्टरिङ साथै झण्डाहरू लगाउने कार्य गरियो। यसावधि युवा शक्तिद्वारा स्थानीय बुजुर्गहरूलाई खदार्पणसहित सम्मान गर्दै पोस्टरिङ गर्ने कार्य गरे। युवा शक्तिद्वारा पार्टीको पोस्टरिङ र झण्डा लगाउने कार्य विषयमा युवा शक्तिको पक्षमा दिपेश थापाले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *