खरसाङ देवराली समष्टिको चित्रे बस्ती नौ कन्या सिंह देवी मन्दिरमा क्षेत्रीय सभासद श्याम शेर्पाद्वारा पुजा अर्चना

खरसाङ (निसं) : खरसाङ देवराली समष्टिको चित्रे बस्तीमा रहेको नौ कन्या सिंह देवी मन्दिरमा सम्पन्न पुजामा आज क्षेत्रीय सभासद श्याम शेर्पाले दर्शन गर्दै पुजा अर्चना गरे। वार्षिक रूपमा गरिने नव दुर्गा भनावीको पुजा आज पनि सम्पन्न गरियो। उक्त पुजामा खरसाङ देवराली समष्टिको सभासद श्याम लगायात नारी शक्ति खरसाङ देवराली समष्टिको सभापति सुष्मा मुखिया, साङ्गठनिक सचिव ललिता छेत्री लगायत युवा शक्तिका प्रतिनिधिहरू उपस्थित रहेका थिए। 200 वर्ष अघिदेखि पुजा अर्चना हुँदै आएको उक्त मन्दिरमा धेरै भक्तजनको आस्था र विस्वास रहेको छ। आज यहाँ पुजा अर्चना गर्नलाई खरसाङ देवराली समष्टीको विभिन्न क्षेत्रहरू जस्तै चिमनी, देवराली, मजुवा, चैतेपानी, डाउहिल, भिक्टोरिया, खुन्द्रुके बस्ती लगायत अन्य विभिन्न क्षेत्रबाट श्रद्धालुहरू आएका थिए।


नौ कन्या सिंह देवी मन्दिर नजिकैमा रहेको बोजु मन्दिरमा पनि आज पुजा अर्चना गरियो। नौ कन्या सिंह देवी मन्दिरमा सभासद श्याम शेर्पाले पुजा अर्चना गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै सभासद श्याम शेर्पाले मन्दिरको जीर्णोद्धारको कार्य गर्ने र मन्दिरमा पानी पर्दा असुविधा नहोस् भनेर बाटोमा छाना बनाई दिने र शेडको व्यवस्था पनि गरिदिने वचन दिएका छन्। तिनले यसको लागि स्थानीहरूसित बसेर सर सल्लाह गरेर कार्य गर्ने बताएका छन्। चित्रे बस्तीमा रहेको नौ कन्या सिंह देवी मन्दिर सञ्चालन समितिको सभापति अञ्जु लेप्चाले यसबारे विस्तृत रुपमा जानकारी गराउँदै यो मन्दिरमा 200 वर्ष अघिदेखि पुजा अर्चना गरिँदै आएको र यस मन्दिरको विषयमा सबैले धेरै आस्था र विश्वास राख्ने गरेको बताउँदै आज निमन्त्रणा स्वीकार गरेर आइदिएकोमा सभासद श्याम शेर्पाप्रति तिनले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *