खरसाङ देवराली समष्टिको जीर्ण अवस्थामा रहेको सडक मरमत्ति कार्यको शुरूवात

खरसाङ (निसं) : खरसाङ देवराली समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको नम्बर 4 र 5 वार्डमा पर्ने स्थानीय टुरिष्ट लजदेखि लिएर हिमाली बोर्डिङ स्कुलसम्मको जीर्णावस्थामा रहेको सडकको मरमत्ति कार्यको शुरूवात गरियो। बौद्ध धर्मगुरूको उपस्थितिमा धार्मिक रीति अनुसार खरसाङ देवराली समष्टि सभासद श्याम शेर्पाले नरिवल फुटाएर यस कार्यक्रमको श्रीगणेश गरेका छन्। यसरी धेरै वर्षदेखि जीर्णावस्थामा रहेको सडकको मरमत्ति कार्य शुरू भएकोमा स्थानीयवासीहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एवम् जीटीए चिफ् अनित थापा र क्षेत्रीय सभासद श्याम शेर्पालाई धन्यवाद दिएका छन्।


रोड मरमत्ति कार्यको शिलान्यासपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले खरसाङको टुरिस्ट लजदेखि हिमाली बोर्डिङ स्कूलसम्म पुग्ने रोड धेरै सोचनीय अवस्थामा रहेकोले जीटीए चिफ् अनित थापाको सहयोगमा मरमत्तिको कार्य शुरु गरिएको बताएका छन्। तिनले पहिला केवल नरिवल फुटाएर काम हुँदैन थियो तर अहिले नरिवल खुटाउनसाथ काम पनि शुरु भइहाल्ने बताएका छन्। यस रोडको मरमत्ति कार्यको लागि जीटीए चिफ् अनित थापालाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *