खरसाङ देवराली समष्टिमा चुनाउ को-अर्डिनेशन कमिटी गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ चिम्नी देवराली समष्टीको चुनाउ को-अर्डिनेशन कमिटी पार्टी अध्यक्ष अनित थापाको कुशल नेतृत्वलाई शिरोपर गर्दै आज गठन गरिएको छ। खरसाङको वार्ड नम्बर 1 देखि 10 नम्बर वार्डसम्मका साथै पञ्चायत क्षेत्रका सबै गाउँका युवाहरुलाई लिएर उक्त को-अर्डिनेशन कमिटी गठन गरिएको छ। सभामा विशेष गरेर 28 नम्बर खरसाङ चिम्नी देवराली समष्टीका मूल सचिव श्याम शेर्पा, यसै समष्टीका नारी शक्ति सभापति सुष्मा मुखिया, खरसाङ टाउन कमिटीका नारी शक्ति सभापति सबिता कार्की, उप सभापति चित्रकला लामा, खरसाङ टाउन कमिटीको युवा शक्तिको सभापति कामलेश राई अनि मूल सचिव बन्धन लामा साथै यस को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर बिरेश लामा, रुशब खवास, दिपेश थापा साथै सबै को-अर्डिनेटर प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *